पञ्चकोशी क्षेत्रको विकास र प्रचारका लागी समिति गठन, संयोजकमा युवा नेता योगी

मातृभूमी संवाददाता । १६ मंसिर दैलेख
दैलेखमा पञ्चकोशी क्षेत्रको प्रचारप्रसार एवं धार्मिक पर्यटन पूर्वाधार विकासका लागी तदर्थ समिति गठन गरिएको छ । नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माको अध्यक्षता र उपप्रमुख तप्ता थापाको उपस्थिति उक्त समिति गठन गरिएको हो ।
समग्र पञ्चकोशी क्षेत्रको विकासका लागी युवा नेता नबिन योगीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिको सदस्यहरुमा विभिन्न व्यक्ति तथा नागरिक समाज संस्थाहरु रहेका छन् । समितिको सदस्य सचिवमा वखत नेपाली रहेको र आवश्यक परेमा विज्ञ सदस्यहरुलाई थप मनोनीत गरिने तदर्थ समितिका संयोजक नविन योगीले वताए ।
पञ्चकोशी क्षेत्र हिन्दू धर्ममा उल्लेखित शक्ति उपासनाको प्रमुख आधारभूमि मानिने संयोजक योगीले वताए । दैलेखमा रहेका गुफा, कुण्ड, शक्तिपीठ, देवालय र साधना स्थलहरूमा प्राचीनकालदेखि ऋषिमुनी, योगीहरू तथा साधकहरूले तपस्या गरेको पौराणिक कथन रहेको योगीले वताए ।
यस क्षेत्रको समग्र विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकार, जनप्रतिनिधि, हिन्दु धर्मसंग सम्बन्धित संस्थाहरू, सरोकारवाला निकाय सबै पक्षले गम्भीर भएर सहयोग गर्न संयोजक योगीले अनुरोध समेत गरे । उनले यस क्षेत्रले दैलेख र समग्र कर्णालीको धार्मीक पर्यटन मार्फत समृद्धिको ढोका खुल्ने संयोजक योगीले वताए ।
नारायण नगरपालिकाका नगरप्रमुख लोमन शर्माले पञ्चकोशी क्षेत्रको वृद्धि विकासका लागी समिति गठन हुनु निकै सराहनीय कार्य भएको र आफ्ना तर्फबाट निरन्तर सहयोग रहने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *