नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा जीवन कार्की निर्वाचित
मातृभूमी संवाददाता । ०७ पुष जनकपुर
धनुषाको जनकपुरधाममा सम्पन्न नेपाल जेसिजको ५२ औँ राष्ट्रिय महाधिवेशनबाट जीवन कार्की राष्ट्रिय अध्यक्षमा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी सिनेटर बिजय गुरुङलाई ५९ मतान्तरले पराजित गर्दै नेपाल जेसिजको ५२ रास्ट्रिय महाधिवेशनबाट कार्की अध्यक्षमा निर्बाचित भएका हुन् ।
त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा नवराज उपाध्याय, स्वप्ना पौडेल भण्डारी, सिनेटर विकेश लाल श्रेष्ठ, योगेश राजवंशी र उपाध्यक्षमा मेनुका ओली, दिपेश बराईली, अमन महर्जन, खगेन्द्र भण्डारी, विदुर थापा, सुरेन्द्र श्रेष्ठ, एन्जिला खड्का, देबु बानियाँ, रुपक बहादुर विष्ट र सन्दिप भुषाल निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त सिनेटर गेहेन्द्र दाहालले जानकारी दिए ।
नवनिर्वाचित अध्यक्ष कार्कीले नेपाल जेसिजलाई अझ सशक्त, समावेशी र परिणाममुखी संस्थाका रूपमा अघि बढाउने बताए ।


