डुङ्गेश्वरमा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

मातृभूमी संवाददाता । ०९ पुष दैलेख
दैलेखको डुङ्गेश्वर गाउँपालिकामा परियोजना सल्लाहाकार समितिको बैठक सम्पन्न भएको छ । सिबिएम ग्लोबल र एभरेष्ट क्लब दैलेखको साझेदारीमा सञ्चालन भैरहेको विकास परियोजनाको सल्लाहाकार समितिको बैठक सम्पन्न भएको हो ।
गाउँपालिकाका अध्यक्ष सुन्दर बहादुर के.सी.को प्रमुख अतिथ्यतामा र उपाध्यक्ष कलावती न्यौपानेको अध्यक्षता परियोजना सल्लाहाकार समितिको बैठक बसेको थियो । विकास परियोजनाले डुङ्गेश्वर गाउँपालिकामा डिसेम्बर २०२५ सम्म ९ वटा विभिन्न व्यवसाय गरिरहेका ३१ जना अपांगता भएका व्यक्ति तथा उनीहरुको परिवारका सदस्यहरुलाई जिविकोपार्जनमा आबद्ध गराएको र करिब ३८ लाख बराबर व्यवसाय स्टार्टअप सहयोग गरेको विकास परियोजनाका कार्यक्रम संयोजक सेत लाल डाँगीले जानकारी दिए ।
यस्तै डुङ्गेश्वर गाउँपालिका अध्यक्ष के.सी.ले अपांगता भएका व्यक्तिलाई जिविकोपार्जनमा जोडी उनीहरुको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउनको लागि विकास परियोजनाले महत्वपूर्ण भुमिका खेलेको र आगामी दिनमा पालिकाले पनि यस्ता क्रियाकलापलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने बताए ।
बैठकमा गाउँपालिका उपाध्यक्ष न्यौपानेले अपांगता भएका व्यक्तिमा लगानी गर्दा उनीहरुको सामाजिक आबद्धता बृद्धि भएको र पालिकाले आफ्नो नीति कार्यक्रम तथा बजेटमा अपांगता समावेशी कार्यक्रम राख्ने प्रतिबद्धता व्यक्त गरिन् ।
यस्तै कार्यक्रममा बैठकमा दृष्टी सम्बन्धी अपांगता भएका सहभागी नरेन्द्र बहादुर थापाले आफ्नो व्यवसायको अनुभव शेयर गरेका थिए । उक्त कार्यक्रममा कृषि विज्ञ हरि सुवेदीले समावेशी कृषि नीति सम्बन्धी छलफल चलाउदै पालिकाले समावेशी नीति बनाउनु पर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *