पहिरोका कारण तल्लो डुङ्गेश्वर–दुल्लु सडकखण्ड अवरुद्ध, खुलाउने प्रयास जारी

मातृभूमी संवाददाता । ११ श्रवाण दैलेख
अविरल वर्षाका कारण खसेको पहिरोले तल्लो डुङ्गेश्वरदेखि दुल्लु जोड्ने सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा उक्त मार्ग भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधनहरू बीच बाटोमै अलपत्र परेका छन् ।
अहिले अवरुद्ध सडक खुलाउने कार्य सुरु भइसकेको जिल्ला ट्राफिक कार्यालय दैलेखका प्रमुख जयसिंह गुरुले जानकारी दिए । सडकमा खसेको ठूला ढुङ्गा, माटो र लेदो हटाउन सुरक्षाकर्मी तथा प्राविधिक टोली तीव्र रूपमा खटिएको उनले बताए ।
सडकखण्ड जोखिमपूर्ण रहेकाले ट्राफिक प्रहरीले यात्रु तथा सवारी चालकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म अनावश्यक यात्रा नगर्न र यात्रा गर्नैपर्ने अवस्था भएमा सम्बन्धित निकायसँग सडकको अवस्था बुझेर मात्र अघि बढ्न अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *