दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा दैनिक सेवा प्रवाहमा समस्या
मातृभूमी संवाददाता । ०६ भाद्र दैलेख
दैलेख जिल्ला अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा नियमित सेवा प्रवाहमा समस्या भएको छ । दिनदिनै बिरामीको चाप बढ्दै गएपछि दरबन्दी अनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा नियमित सेवा प्रवाहमा समस्या भएको हो । जिल्ला अस्पताल दैलेखवाट विभिन्न सेवा सञ्चालन भैरहे पनि दरबन्दी अनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा नियमित सेवा प्रवाह समस्या भएको अस्पतालका सूचना अधिकारी थिरप्रसार रेग्मीले जानकारी दिए । दरबन्दी अनुसारको जनशक्ति नहुँदा सिमित जनशक्तिबाट दैनिक सेवा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको सूचना अधिकारी रेग्मीले वताए ।
दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मीको अभावमा बिरामीको स्वास्थ्य परीक्षण, उपचार तथा जटिल अवस्थाका बिरामीको व्यवस्थापनमा समस्या हुने गरेको अस्पतालका प्रमुख डा. मनोज विश्वकर्माले वताए । अस्पतालमा सेवाग्राहीको संख्या दिनदिनै बढ्दै गएको र आवश्कता अनुसार जनशक्ति नहुँदा समस्या हुने गरेको डा. विश्वकर्माले बताए । उनले जिल्लामा दरबन्दी अनुसार चिकित्सक तथा स्वास्थ्यकर्मी उपलब्ध नहुँदा सेवा प्रवाहमा चुनौती थपिएको बताए । उपलब्ध जनशक्तिबाट नियमित सेवा सञ्चालन गरिए पनि दरबन्दी अनुसार स्वास्थ्यकर्मी नहुँदा भार बढेको बताए ।
स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने सरकारी नीति भए पनि आवश्यक पूर्वाधारसँगै दक्ष जनशक्ति नहुँदा प्रभावकारी कार्यान्वयनमा चुनौती भएको डा. विश्वकर्माको भनाई छ । जिल्लामा विशेषज्ञ तथा दक्ष चिकित्सक अभाव हुँदा नागरिकलाई उपचारमा समस्या हुने गरेको नारायण नगरपालिका ८ का वडाध्यक्ष गोपाल विसीले वताए । उनले दैलेख जिल्ला अस्पतालमा जनशक्ति अभाव हुनु जिल्लाको मात्र समस्या नभए पनि दुर्गम तथा ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा यसको प्रभाव बढी देखिने गरेको बताए । उनले दीर्घकालीन रूपमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन रिक्त दरबन्दीमा पदपूर्ति, आवश्यकता अनुसार व्यवस्थापन गर्न प्रदेश सरकारले पहल गर्नुपर्ने बताए ।
दैलेख जिल्ला अस्पतालमा १२ जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि हाल ४ जना मात्रै कार्यरत रहेका छन् । १५ शैया अस्पताल हाल ५२ शैयामा संचालन हुँदै आएको छ । ५० शैयाको आधुनिक भवन निर्माण कार्य अहिले अलपत्र अवस्थामा रहेको छ । ५० शैयाको आधुनिक अस्पताल भवन निर्माण छिटोभन्दा छिटो निर्माण गर्न निर्माण कम्पनीलाई ताकेता गर्दा समेत निर्माण व्यवसायीले विभिन्न वहाना बनाउँदै भवन निर्माणमा आलटाल गर्दै आएको छ ।

