‘टिमुरेबस्ती तहसनहस भएको छ, जनधन क्षतिको हिसाब नै छैन, ३ सय जना उद्धार कुरेर बसेका छौँ’
मातृभूमी संवाददाता । १० भाद्र काठमाण्डाै
रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर २ टिमुरेका स्थानीयहरू उद्धारको पर्खाइमा बसेका छन् । वडा सदस्य पेमा दोर्जे घलेका अनुसार अहिले टिमुरेका ३ सय बढी स्थानीयहरू उद्धारको पखाईमा रहेका छन् । टिमुरे क्षेत्रमा सबै बाढीले ध्वस्त बनाएको छ । अहिले केहि छैन यहाँ पहिलाको बस्ती र बजार । कहाँ कति क्षति भयो भन्ने स्थिति नै छैन ।
‘हेलिकप्टरबाट हुन्छ की केबाट हुन्छ हाम्रो उद्धारको लागि पहल गरिदिनुपरो । यहाँ खाना पनि छैन, लुगा पनि छैन । बिहानै अलि उचाइको समथर भूभागमा आउनेहरू बाँचेका छन् । जनधनको क्षतिको हिसाब नै छैन,’ रातोपाटीसँग घलले भने ।

