भोटेकोशी बाढी पीडितका लागि एभरेष्ट क्लब दैलेखद्वारा २ लाख ७० हजारभन्दा बढी सहयोग

मातृभूमी संवाददाता । २८ भाद्र दैलेख
भोटेकोशी बाढी पीडितका लागि एभरेष्ट क्लब, दैलेखले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ । क्लबले बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुर्नःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले २ लाख ७० हजार ७ सय २९ रुपैयाँ २३ पैसा प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।
विपद्को समयमा प्रभावित परिवारलाई राहत तथा पुर्नःस्थापनाका लागि सहयोग पुर्‍याउने उद्देश्यले क्लबले उक्त रकम उपलब्ध गराएको क्लवका अध्यक्ष लक्षुमन श्रेष्ठ (राजु)ले जानकारी दिए । भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि विभिन्न संघसंस्था तथा नागरिकस्तरबाट राहत तथा आर्थिक सहयोग जुटाउने क्रम चलिरहेका बेला एभरेष्ट क्लब दैलेखले पनि आर्थिक सहयोग गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
क्लबले विपद्का बेला पीडितको साथमा उभिनु सामाजिक दायित्व भएको भन्दै आफ्नो तर्फबाट सक्दो सहयोग गरेको क्लवका कार्यकारी निर्देशक दिपक शाहीले वताए । प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम बाढी पीडितको उद्धार, राहत तथा पुर्नःस्थापनामा प्रयोग हुने अपेक्षा गरिएको कार्यकारी निर्देशक शाहीले बताए ।
एभरेष्ट क्लब दैलेखले विपद् प्रभावित नागरिकको सहयोगका लागि गरेको यो आर्थिक योगदानले सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको भावनालाई थप बलियो बनाउने विश्वास गरिएको कार्यकारी निर्देशक शाहीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *