अविरल वर्षाका कारण घर भत्किदा, १६ जनालाई सुरक्षित स्थानमा सारियाे

मातृभूमी संवाददाता । २८ भाद्र दैलेख
दैलेखको नारायण नगरपालिका १ रातामाटामा घर भत्किदा १६ जनालाई सुरक्षित स्थानमा सारिएको छ । अविरल वर्षाका कारण रातामाटामा घर भत्किएर पूर्ण रूपमा क्षति भएपछि एकाघरका १६ जनालाई सुरक्षित स्थानमा सारिएको हो । स्थानीय खड्के नेपालीको दुईतले ढुंङ्गा माटोले बनेको घर भत्किएको नारायण नगरपालिका वडा नं. १ का वडा सदस्य जगत कोइरालाले जानकारी दिए ।
घर भत्किएपछि नेपालीको १६ जनाको परिवारलाई तत्काल सुरक्षित स्थानमा सारिएको वडा सदस्य कोइरालाले वताए । परिवारका सदस्यलाई शिरिस्थान महिला सामुदायिक वन समितिको भवनमा सारिएको उनको भनाई छ । जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको र आवश्यक सहयोग उपलब्ध गराएको वडा सदस्य कोइरालाले जानकारी दिए । उनले विपन्न समुदायलाई नगरपालिकाको विपद् शाखा मार्फत आवश्यक सहयोग गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *