दैलेखमा ब्राउन सुगर जस्तो देखिने (खैराे) पदार्थ सहित तीन जना पक्राउ

मातृभूमी संवाददाता । ३१ भाद्र दैलेख
दैलेख प्रहरीले लागुऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले दुल्लु नगरपालिका ६ का २२ वर्षीय जीवन भण्डारी र डुङ्गेश्वर गाउँपालिका १ का २३ वर्षीय घनश्याम खड्कालाई पक्राउ गरेको हो । दैलेखको दुल्लु बजारमा शंकास्पद रूपमा हिँडडुल गरिरहेको अवस्थामा उनीहरुको चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा उनीहरुको साथवाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरिक्षक पुष्पराज रोकायले जानकारी दिए । उनीहरूले लुकाइछिपाई प्लास्टिकमा बाँधेर राखेको ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । बरामद खैरो पदार्थ शुद्ध तौल ८ सय ९० मिलिग्राम रहेको सूचना अधिकारी रोकायले जानकारी दिए ।
त्यसैगरी, नारायण नगरपालिका ६ गणेश चोकबाट २१ वर्षीय शिवराज थापा पक्राउ परेका छन् । शंकाका आधारमा चेकजाँच गर्दा थापाले लगाएको पाइन्टको खल्तीमा प्लास्टिकमा बाँधेर लुकाई राखेको ब्राउन सुगरजस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ । उक्त पदार्थको शुद्ध तौल ८० मिलिग्राम रहेको छ ।
तीनै जनालाई नियन्त्रणमा लिएर बरामद खैरो पदार्थबारे आवश्यक अनुसन्धान अघि बढाएको सूचना अधिकारी रोकायले बताए । बरामद पदार्थ लागुऔषध भए/नभएको तथा घटना सम्बन्धी थप विवरण अनुसन्धानपछि खुल्ने सूचना अधिकारी रोकायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *