भैरबीमा जिल्ला प्रशासन कार्यालयको छड्के अनुगमन

मातृभूमी संवाददाता । २९ श्रवाण दैलेख
जिल्ला प्रशासन कार्यालयले दैलेखले भैरबी गाउँपालिकामा छड्के अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे सहितको टोलीले भैरवी गाउँपालिकामा छड्के अनुगमन गरेको हो
छड्के अनुगमनमा १६ जना कर्मचारी अनुपस्थित फेला परेका छन् । ४५ जना कर्मचारी रहेकाे गाउँपालिकामा २९ जना मात्र कार्यालयमा उपस्थित भएका थिए । जसमा १२ जना निजामती कर्मचारीको पोशाक नलगाई आएका पाइएको थियो । अनुपस्थित १६ मध्ये ७ जनाले विदा स्वीकृत गराई विदा बसेका र प्रमुख प्रशासकीय अधिकृत भक्त बहादुर मल्ल सहित ९ जना कर्मचारी गयल देखिएको बताइएको छ ।
उपस्थित कर्मचारीहरुलाई उत्तरदायी बन्न प्रमुख जिल्ला अधिकारी गैह्रेले निर्देशन दिए । अनुपस्थित र पोशाक नलगाएकाहरुलाई विभागीय कारवाही गरिने उनले जानकारी दिए । असारमा आर्थिक सकिएपछि साउन र भदौ महिनामा कर्मचारीहरु कार्यालयमा हाजिर नहुँदा सरकारी सेवा प्रभावित हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *