शिक्षा विधेयकमा प्याब्सन दैलेखको विरोध

मातृभूमी संवाददाता । ०६ भाद्र दैलेख
सरकारले ल्याउन लागेको शिक्षा विधेयक २०८० मा संस्थागत विद्यालयहरुलाई कानुनमा नै कडाइ गर्न लागेको भन्दै प्याब्सनले दैलेख सदरमुकाममा शुक्रबार प्रदर्शन गरेका छन् । नारायण नगरपालिकाभित्र सञ्चालनरत रहेका एकदर्ज संस्थागत विद्यालयले आफ्ना विद्यालयको सवारी साधन सडकमा प्रदर्शन गरेर विरोध गरेका हुन् ।
सरकारले शिक्षा विधेयकमा संस्थागत विद्यालयलाई अनिवार्य गुठीमा जानुपर्ने, शिक्षा निःशुल्क हुनुपर्ने संस्थागत विद्यालयले लिनुपर्ने कुनै पनि शुल्क लिन नपाइने विद्यालयमा वितरण गरिने पुस्तक, कम्पनी ऐन अर्न्तगत सञ्चालन भएका विद्यालयलाई क्रमशः नाफामूलक बनाउँदै लैजानुपर्ने लगायतको कानुन निर्माण गर्न शिक्षा समितिबाट शिक्षा विधेयक पारित गरेर संसदमा पेस गर्न लागेको भन्दै निजी विद्यालयहरू आन्दोलनमा उत्रिएका हुन् ।
सरकारले सरकारी तथा सामुदायिक विद्यालयलाई पनि अंकुश लगाउन लागिएको भन्दै प्याब्सनले आन्दोलनका कार्यक्रम तय गरेको छ । संस्थागत विद्यालयमा सञ्चालकहरूले बैंक ऋण मार्फत लगानी गरेको र सरकारको नियमले विद्यालय क्षेत्र नै तहसनहस बनाउने गरी विधेयक ल्याउन लागिएको फुलबारी विद्यालयका सञ्चालक एवं प्याब्सनका केन्द्रीय सदस्य शुबास थापाले बताए ।
दैलेख सदरमुकाममा आन्दोलनमा उत्रिएका विद्यालय सञ्चालकरुले विद्यालयका सबै सवारी साधनहरू सडकमा हिँडाएर विरोध गरेका थिए । विद्यालय सञ्चालकले सरकारले शिक्षा विधेयक नसच्याए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । विद्यालय सञ्चालकलाई सडकमा ल्याउने गरी विधेयक तर्जुमा गरिएको दैलेख मोडेले स्कुलका प्रिन्सिपल हिक्मत बुढाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *