दैलेख जेसीजले सचेतना कार्यक्रम गर्दै

जित वहादुर थापा (रोशन) । ०६ मंसिर दैलेख
दैलेख जेसीजले सामाजिक सचेतना सम्वन्धी सात वटा कार्यक्रमहरू गर्ने भएको छ । शनिवार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रमको बारे दैलेख जेसीज २०२५ अध्यक्ष प्रतिमा खड्काले जानकारी दिएकी हुन् । कार्यक्रममा जेसीजका पदाधिकारीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार मंसिर ७ गते विहान ८ बजे दैलेख टेक्निकल स्कूलमा डा. प्रयास विक्रम सिजापतिले एचआईभीएड्स सम्वन्धी सचेतना सहजीकरण गर्ने र विहान १० बजे रामपुरस्थिर राधाकृष्ण मन्दिर सरसफाई कार्यक्रम र अपरान्ह ४ बजे जिल्ला प्रहरी कार्यालय दैलेखलाई सरसफाई सामग्री हस्तान्तरण गर्ने योजना छ ।
मङ्सिर ८ गते विहान ११ बजे रेडक्रस मावि भूर्तीमा सुस्त श्रवण स्रोत कक्षामा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने, दिउँसो १ बजे त्रिभुवन मावि दैलेख बजारमा साइबर अपराध सचेतना कार्यक्रम, मंसिर ९ गते विहान ९ बजे देवकोटा चोक ट्राफिक सचेतना र दिउँसो १ बजे दिपशिशु आवि सिमाडाका ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *