जेसीज सप्ताह अन्तरगत सचेतना कार्यक्रम सम्पन्न
जित वहादुर थापा (रोशन) । ०७ मंसिर दैलेख
दैलेख जेसीजले जेसीज सप्ताह–२०२५ अर्न्तगत आइतवार नारायण नगरपालिका १ मा रहेको दैलेख टेक्निकल स्कुलमा एचआईभि/एड्स सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । सचेतना कार्यक्रममा दैलेख टेक्निकल स्कुलका एचएमा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
जेसीज सप्ताह अर्न्तगत दैलेख जेसीजले आइतवार दिउँसो नारायण नगरपालिका ६ मा रहेको राधाकृष्ण मन्दिर परिसरमा सरफाई गर्ने भएको छ । यसैगरी आइतवार साँझ जिल्ला प्रहरी कार्यालय दैलेखलाई सरसफाई सामाग्री हस्तान्तरण गर्ने दैलेख जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी प्रतिमा खड्काले जानकारी दिएकी छन् ।

