जेसीज सप्ताह अर्न्तगत शैक्षिक सामाग्री वितरणसँगै सचेतना कार्यक्रम

मातृभूमी संवाददाता । ०८ मंसिर दैलेख
दैलेख जेसीजले रेडक्रस माध्यामिक विद्यालय नारायण नगरपालिका ६ भुर्तिमा शैक्षिक सामाग्री वितरण गरेको छ । सोमवार विहान जेसीज सप्ताह–२०२५ अर्न्तगत नारायण नगरपालिका ६ मा रहेको रेडक्रस माविका श्रबण क्षमता कमजोर भएका एवं फरक क्षमता भएका ७ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको दैलेख जेसीजका अध्यक्ष जेसी प्रतिमा खड्का जानकारी दिईन् ।
यस्तै जेसीज सप्ताह अर्न्तगत त्रिभुवन माध्यामिक विद्यालय नारायण नगरपालिका १ नयाँ वजार दैलेखमा साइवर क्राइम र लागु औषध र्दुव्यसनी सम्वन्धी सचेतना कार्यक्रम गरिएको छ । त्रिभुवन मावि बजारमा गरिएको सचेतना कार्यक्रममा विद्यालयका कक्षा ९ देखी १२ सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय दैलेखको सहजिकरणमा साइवर क्राइम र लागु औषध र्दुव्यसनी सम्वन्धी सचेतना कार्यक्रम गरिएको दैलेख जेसीजका निवर्तमान अध्यक्ष जेसी प्रकाश कुमार वुढाले जानकारी दिए । साइवर क्राइम र लागु औषध र्दुव्यसनी सम्वन्धी कार्यक्रमको सहजिकरण जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरिक्षक पुष्पराज रोकायले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *