जेसीज सप्ताह अर्न्तगत ट्राफिक सचेतना
मातृभूमी संवाददाता । ०९ मंसिर दैलेख
दैलेख जेसीजले सदरमुकाममा ट्राफिक सचेतना कार्यक्रम गरेको छ । मंगलवार विहान जेसीज सप्ताह–२०२५ अर्न्तगत दैलेख सदरमुकाममा ट्राफिक सचेतना कार्यक्रम गरिएको दैलेख जेसीजका अध्यक्ष जेसी प्रतिमा खड्का जानकारी दिईन् ।
दैलेख सदरमुकाममा संचालन हुने अटो चालक र अटो व्यवसायीहरुका लागि एक दिने ट्राफिक सचेतना कार्यक्रम गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखको सहजिकरणमा एक दिने ट्राफिक सम्वन्धी सचेतना कार्यक्रम गरिएको दैलेख जेसीजका कार्यकारिणी उपाध्यक्ष जेसी योगेश खड्काले जानकारी दिए । एक दिने ट्राफिक सचेतना सम्वन्धी कार्यक्रमको सहजिकरण जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख दिलिप कुमार वुढाले गरेका थिए ।

