दैलेख जेसीजद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

मातृभूमी संवाददाता । ११ मंसिर दैलेख
दैलेखको नारायण नगरपालिकामा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । जाडो याम सुरु हुँदै गर्दा विद्यार्थीलाई अध्ययनको वातावरण बनाउन विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । दैलेख जेसीजले जेसीज सप्ताह अन्तरगत नारायण नगरपालिका ८ सिमाडा स्थित दिपशिशु आधारभूत विद्यालयका ५० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।
जाडो मौसममा साना बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले न्यानो कपडा वितरण गरिएको दैलेख जेसीज २०२५ का अध्यक्ष जेसी प्रतिमा खड्काले जानकारी दिएकी छन् । उनले विद्यालय जाने बालबालिकालाई न्यानो कपडा वितरणले सहज बालवालिकालाई भएको वताईन् ।
यस्तै नारायण नगरपालिका ८ का वडाध्यक्ष गोपाल कुमार बिसीले दैलेख जेसीजले बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर प्रशंसनीय कार्य गरेको बताए । उनले विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा धन्यवाद दिए ।
यसैगरी विद्यालयका प्रधानाध्यापक खगेन्द्र श्रेष्ठले आफ्‌नो विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेकोमा दैलेख जेसीज वर्ष २०२५ का सम्पुर्ण वोर्डका सदस्य र दैलेख जेसीजलाई धन्यवाद दिए । आगामी दिनमा दैलेख जेसीजसँग विभिन्न कार्यमा हातेमालो गर्न विद्यालय तयार रहेको वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *