एभरेष्ट क्लवद्धारा संचालित पहुँच परियोजना सम्पन्न
मातृभूमी संवाददाता । २२ मंसिर दैलेख
एभरेष्ट क्लव दैलेखद्धारा संचालित बाल संवेदनसिल सामाजिक सुरक्षा (पहुँच) कार्यक्रम सम्पन्न भएको छ । फिनल्यान्ड सरकारको आर्थिक र सेभ द चिल्ड्रेनको प्राविधिक साझेदारीमा एभरेष्ट क्लब दैलेखद्वारा संचालित पहुँच परियोजना सम्पन्न भएको हो । सन् २०२२ देखि संचालित उक्त परियोजना यहि डिसेम्बर २०२५ मा सम्पन्न भएको हो ।
दैलेखको ठाँटिकाँध गाउँपालिका र नारायण नगरपालिकामा संचालित पहुँच परियोजना २०२५ डिसेम्वरदेखी विधिवत सम्पन्न भएको परियोजना संयोजक तेज चन्दले जानकारी दिए । परियोजना संचालनका क्रममा स्थानीय तहमा सामाजिक सुरक्षा नीति तथा कार्यविधि निर्माण, अभिभावक सचेतना लगाएतका कार्यक्रम संचालन गरिएको परियोजना संयोजक चन्दले वताए ।
परियोजना संचालनका क्रममा दैलेखको नारायण नगरपालिकालाई सामाजिक सुरक्षा भत्तामा सबै योग्य लाभग्राहीको पहुँच सुनिश्चितता नेपालकै पहिलो नगरपालिका घोषणा समेत गरिएको थियो । ठाँटिकाँध गाउँपालिका र नारायण नगरपालिकाले अभिभावक सचेतना कार्यक्रम निरन्तर लागू गर्ने, सामाजिक सुरक्षा नीतिलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।


