दैलेखमा छोरीको कुटपिटबाट बुबाको मृत्यु

मातृभूमी संवाददाता । २३ मंसिर दैलेख
दैलेखको नौमुले गाउँपालिका ५ गजमालीमा छोरीले कुटपिट गर्दा ६५ वर्षीय धनबहादुर रामजाली मगरको मृत्यु भएको छ । घरमै मदिरा सेवन गरी कुटपिट गरेपछि घाइते बुवाको उपचारको क्रममा मृत्यु भएकोे हो ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार विवाहविच्छेद भई माइत बसेकी २७ वर्षीया तिर्सना रामजाली मगरले मदिराको नशामा काठको चिरपटले टाउकोमा प्रहार गरेपछि धनबहादुर गम्भीर घाइते भएका थिए । घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र नौमुले ल्याए पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी निरीक्षक राज कुमार थापाको कमाण्डमा पाँच जनाको टोली खटिएको थियो । घटना स्थल जिल्ला प्रहरी कार्यालय नौमुलेबाट करिब २ किलोमिटर उत्तर–पूर्वमा पर्ने जनाइएको छ । कुटपिटमा संलग्न तिर्सना रामजाली मगरलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखले पक्राउ गरी नियन्त्रणमा राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *