दैलेखमा अस्पतालमा पहिलो पटक डायलाइसिस सेवा सुरु
जित बहादुर थापा (राेशन) ०५ पुष दैलेख
जिल्ला अस्पताल दैलेखमा पहिलो पटक डाइलासिस सेवा सुरु भएको छ । नयाँ भवन निमार्ण गरेर सेवा सुरु भएसँगै जिल्ला अस्पताल दैलेखमा पहिलो पटक डायलाइसिस सेवा सुरु हुने भएको हो । स्वास्थ्य सेवा विभाग काठमाडौंको सहयोगमा डायलाइसिस मेसिन उपलब्ध भएसँगै सेवा सञ्चालनको तयारी पूरा भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कार्यालय प्रमुख डा.मनोज विश्वकर्माले जानकारी दिए ।
जिल्लामा डायलाइसिस सेवा सुरुपछि जिल्ला भित्रका रोगीहरूलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको डा. बिश्वकर्माले बताए । उनले जिल्लाका स्थानीय मिर्गौला पीडितलाई निःशुल्क रूपमा डायलासिस सेवा प्रदान उदेश्यले उक्त सेवा सुरु गर्न लागेको बताए । उनले उक्त सेवाले आर्थिक अभावमा उपचार नपाएर ज्यान गुमाउनु अत्य भएको बताए । उहाँले मृगौलामा समस्या देखिएका बिरामीलाई जिल्लामा डायलाइसिस सेवा दिन सकिने कार्यालय प्रमुख डा.बिश्वकर्माको भनाई छ । उनले डाइलासिस सेवाका लागि जिल्ला बाहिरका सरकारी र निजी अस्पतालमा महँगो रकम तिर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
एउटा मेसिन खरिद गर्दा करिब १५ देखि १६ लाख रुपियाँ खर्च हुन्छ । डायलासिसका लागि गाउँबाट आउनेलाई पहिलो चरण, दोस्रो चरणमा सदरमुकाममै बसोबास गर्ने बिरामीलाई तेस्रो चरण अर्थात् साँझको समयमा डायलासिस सेवा उपलब्ध गराउने गरी कार्यसूची तयार गरिएको छ । उक्त सेवा बिहान ७ बजेदेखि साँझ ७ बजे सम्म सञ्चालन हुने छ । एक महिनामा ४ सय देखि ४ सय ५० बिरामीलाई डायलाइसिस सेवा दिने लक्ष्य रहेको अस्पाताल प्रशासनले जनाएको छ ।
यसअघि जिल्लाका मिर्गौला बिरामीले डायलाइसिस सेवाका लागि सुर्खेत तथा काठमाडौँसम्म धाउनुपर्ने बाध्यता रहको थियो थियो । जिल्लामा करिब १ सय ५० बढी डायलाइसिसका बिरामी रहेको स्वास्थ सेवा कार्यालय दैलेखले जनाएको छ ।

