भैरब मावि खोरमा जुनियर रेडक्रस सर्कलका लागि गोष्ठी
जित बहादुर थापा (रोशन) । ०५ पुष दैलेख
नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनाको आयोजनामा जुनियर रेडक्रस सर्कल र युवा रेडक्रस सर्कलका लागि दुई दिने गोष्ठी भैरव माध्यमिक विद्यालय भगवतीमाई गाउँपालिका ७ वडा भैरबमा सुरु भएको छ ।
गोष्ठीको उद्घाटन कार्यक्रममा कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सभापति पूर्ण बहादुर खत्रीले विद्यालय तहका बालबालिकालाई रेडक्रसको मानवता र स्वयम सेवा भावनाबारे अभिमुखीकरणले समाजसेवी असल नागरिक बन्न प्रेरित गर्ने बताए ।
भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्काले रेडक्रसको सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनाले पुर्याएको सेवा बारे प्रस्ट पारिन् । भैरब माध्यमिक विद्यालय जुनियर रेडक्रस सर्कलका अध्यक्ष बखत खड्काको अध्यतामा भएको गोष्ठी उद्घाटन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाका सभापति निर्जनकुमार खत्री, भगवतीमाई गाउँपालिकामा रहेको उपशाखाका सभापति कृष्णप्रसाद अधिकारी, नेपाल पत्रकार महासंघ दैलेख शाखाका अध्यक्ष अमर सुनार, भगवतीमाई गाउँपालिका ७ का वडाध्यक्ष पूर्ण बहादुर थापा, भैरब माध्यमिक विद्यालय खोरका विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाल बहादुर सुनार, प्रधानाध्यापक पूर्ण बहादुर भण्डारी, सहायक प्रधानाध्यापक चित्र बहादुर थापा लगायतको सहभागीता रहेको थियो ।
नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाले भगवतीमाई गाउँपालिकामा सञ्चालित सामुदायिक स्वास्थ्यका लागि एकीकृत पहल परियोजनाले १, २ र ४ नंम्वरमा समेत गरी तीन वटा वडाका २ सय घरधुरीलाई स्वच्छ खानेपानी सुविधा लगायतका मानवतावादी शिक्षा सहयोगबाट झण्डै ६ हजारले प्रत्यक्ष लाभ पाएका परियोजना संयोजक शैलेश श्रेष्ठले जानकारी दिए ।
गोष्ठीमा भगवतीमाई गाउँपालिकाका ७ का १४ वटा विद्यालयका जुनियर रेडक्रस सर्कल र समुदायमा आधारित युवा रेडक्रस सर्कलका पदाधिकारीहरुले सहभागिता जनाएका थिए ।


