दैलेखमा हिउँदे वर्षाले कृषि, वातावरण र जनजीवनमा राहत

मातृभूमी संवाददाता । १४ माघ दैलेख
दैलेखमा हिउँदे वर्षा भएपछि किसानहरूलाई राहत मिलेको छ । लामो समयपछि परेको वर्षाले जिल्लाको कृषि, वातावरण तथा जनजीवनमा सकारात्मक प्रभाव पारेको हो । यसले गहुँ, जौ, तोरी लगायतका अन्नबाली तथा तरकारी र फलफूल खेतीमा फाइदा पुगेको किसानहरूले बताएका छन् ।
दैलेखका अधिकांश जमिनमा वर्षभरि सिँचाइ सुविधा नहुँदा किसानहरू आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् । लामो समयसम्म वर्षा नहुँदा खेतीपातीमा प्रत्यक्ष असर परेको थियो भने पानीका मुहान सुक्ने, खानेपानीको अभाव हुने र वनजंगलमा आगलागीको जोखिम समेत बढ्दै गएको थियो ।
यस्तो अवस्थामा वर्षा भएपछि धेरै राहत मिलेको नौमूले गाउँपालिकाका अध्यक्ष छबिराम सुबेदीले बताए । उनका अनुसार वर्षाले धुलाम्मे बनेका सडक, सुख्खा जमिन र समग्र वातावरणमा शीतलता ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *