दैलेखमा दलको प्रचार गर्ने शिक्षकलाई स्पष्टीकरण

मातृभूमी संवाददाता । १६ माघ दैलेख
सामाजिक सञ्जाल फेसबुक मार्फत आफू आवद्ध राजनीतिक दलका उम्मेदवारहरुको पोष्टर अपलोड गरी चुनावी प्रचारप्रसार गरेको आरोपमा दैलेखमा एक आधारभूत विद्यालयका शिक्षकलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आफ्नो फेसबुक मार्फत राजनीतिक दलका उम्मेदवारहरुको पोष्टर पोष्ट गरी चुनाव प्रचार गरेको विषयमा किन कारवाही नगर्ने ? भनेर निर्वाचन आयोगका कानून अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षेरित स्पष्टीकरण पत्रमा सोधिएको हो ।
ती शिक्षकलाई सरकारी कर्मचारीले कुनै राजनीतिक दलको पक्षमा चुनाव प्रचारप्रसार गर्ने कार्य निर्वाचन आचार सहिंता २०८२ को दफा १० को खण्ड (क) आकर्षित भएकोले पत्र पाएको ३ दिनभित्र लिखित स्पष्टीकरण दिन पत्रमा भनिएको छ । सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेका व्यक्तिले कुनै दल वा उम्मेदवारको प्रचारप्रचार गरेको फेला परे आयोगबाट ती शिक्षकलाई जसरी कारवाही हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *