कार्यक्रमकै बिचमा सभाध्यक्ष परिवर्तन भएपछि
मातृभूमी संवाददाता । १६ माघ दैलेख
राष्ट्रिय सभाका नवनिर्वाचित साँसद मीनासिंह रखालको पहिलो सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि अनि विशेष अतिथि प्रतिनिधि सभाका पूर्वसाँसद पार्वती बिशुन्के, जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाही लगाएयतका अतिथि, सर्वसाधारणको उपस्थितकावीच भव्य औपचारिक कार्यक्रम थियो दैलेख जेसीजको पदहस्तान्तरण तथा पदस्थापन कार्यक्रम ।
शुक्रवार विहान ११ बजेदेखी शुरु भएको कार्यक्रमका सञ्चालक जेसी भीम सिजापतिले दैलेख जेसीज २०२५ का अध्यक्ष जेसी प्रतिमा खड्कालाई सभाध्यक्षमा आसन ग्रहण गराए । अध्यक्षपछि जेसीजको नियम अनुसार निम्ता गरिएका पाहुनाहरु सानोदेखि हुदै ठूलोको क्रममा प्रमुख अतिथिको आसन ग्रहण गराए ।
आसन ग्रहणपछि राष्ट्रिय गान, जेसीज आस्था, जेसीज भिजन, मिसन हुँदै नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष अमर सुनार, लायन्स क्लव दैलेखका डिस्टिक चिफ खमबहादुर थापा, दैलेख प्रहरी प्रमुख डीएसपी गणेशबहादुर बराल, जिसस प्रमुख नमराज शाही लगाएतका अतिथिले शुभकामना दिएपछि कार्यक्रम सुरु भयो पद हस्तान्तरण ।
यता प्रतिमाको अध्यक्षतामा सभा चलिरहेको थियो । सभाहलमा जेसी डा. प्रयासविक्रम सिजापतिको प्रवेश भयो । सभाहलमा प्रवेश गर्न लाग्दा प्रवेशद्वारबाट स्काउटका भाई बहिनीले स्कटिङ अनि जेसीजकर्मीले पुष्पवृष्टी गराउँदै मन्चतिर ल्याए । मन्चको अघिल्लो लाईनवाट डा. सिजापतिलाई प्रतिमाले सभाध्यक्षको स्थान छोडिन् र आफू पछिल्लो लाइनको सीटमा अतिथि दीर्घामा बसिन् ।

सभाका प्रमुख अतिथि र विशेष अतिथि बोल्न बाँकी रहँदै सभाध्यक्षमा पदस्थापना गराउँदा दैलेख जेसीज बर्ष २०१७ का अध्यक्ष जेसी बिनोद कुमार श्रेष्ठ, २०२२ का अध्यक्ष जेसी टोपेन्द्र कुमार थापा र २०२३ का अध्यक्ष जेसी भिम सिजापतिले २०२५ का अध्यक्ष प्रतिमाको गलामा रहेको चाँदीको माला खोलेर सन् २०२६ को अध्यक्ष जेसी डा. प्रयासको गला लगाई दिएपछि डा. प्रयास सभाका अध्यक्ष बने ।
आफ्नो कार्यकालमा नेपालका १८४ शाखामा सवोत्कृष्ट शाखा बनेर ५० हजार पुरस्कार संस्थागत खातामा जम्मा गरेको श्रेय २०२५ को सम्पूर्ण कार्यसमिति र शुभेच्छुकको साथ र सहयोगले प्राप्त भएको भन्दै २०२५ का अध्यक्ष प्रतिमाले सबैलाई आभार प्रकट गरिन् । २०२६ का अध्यक्ष डा. प्रयासले आफूले राम्रो काम गर्ने बाचा गरे ।
कार्यक्रमका विशेष अतिथि प्रतिनिधि सभाका पूर्वसाँसद पार्वती बिशुन्केले १८ देखि ४० वर्ष उमेर समूहका युवाहरुको व्यक्तित्व र नेतृत्व विकासमा योगदान गर्दै आएको जेसीजले भविष्यका कर्णधार युवाहरुलाई सत्मार्गमा लगाएर देश निर्माणका लागि योग्य जनशक्ति तयार पार्न अझैं रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिईन् ।
राष्ट्रिय सभाका नवनिर्वाचित साँसद मीनासिंह रखालले पुर्खाहरुको योगदानको कदर गर्दै नयाँ प्रविधि र देशको आवश्यकता अनुसार देश विकासमा जुट्न युवाहरुलाई आग्रह गरिन् । नागरिकहरुको शिक्षा, स्वास्थ्य, आर्थिक जीवन स्तर उठाउन राज्यको श्रोत परिचालन भएको उल्लेख गर्दै जेसीजले सामाजिक विकासमा सघाउनु पर्ने उनको भनाई थियो ।
सन् १९९७ मा अध्यक्ष बिष्णु पोखरेलले स्थापना गरेको दैलेख जेसीजको २९औँ पद स्थापना तथा पद हस्तान्तरण कार्यक्रम हो । हरेक वर्ष सन् सम्वत सुरु भएसंगै एक व्यक्ति, एक पद र एक वर्षको नीति अनुसार २९औँ पद स्थापना तथा पद हस्तान्तरण गरिएको २०२३ का अध्यक्ष भिम सिजापतिले जानकारी दिए ।
नेपाल भरीका प्रत्येक शाखामा एक अध्यक्ष, दुई कार्यकारीणी उपाध्यक्ष र चार उपाध्यक्ष निर्वाचित हुने व्यवस्था रहेको छ । दैलेख जेसीज वर्ष २०२६ का लागि अध्यक्ष डा. सिजापतिसँगै कार्यकारीणी उपाध्यक्षहरु जेसी कृष्णकमल अधिकारी, जेसी खगेन्द्र थापा, उपाध्यक्षहरु जेसी डा. सुदीप खड्का, जेसी शौरभ चन्द, जेसी भुवन पाण्डे र जेसी घनश्याम केसी निर्वाचित भएका छन् ।
अध्यक्षमा निर्वाचित भएपछि अध्यक्षले कानुनी सल्लाहकार, महासचिव र कोषाध्यक्ष गरी तीन जना मनोनित गर्न पाईन्छ । सोही बमोजिम दैलेख जेसीज वर्ष २०२६ का लागि महासचिवमा जेसी रेखा थापा, कोषाध्यक्षमा जेसी योगेश खड्का र कानूनी सल्लाहकारमा जेसी प्रकाश कुमार बुढालाई मनोनयन गरिएको अध्यक्ष डा. सिजापतिले जानकारी दिए । निवर्तमान अध्यक्ष जेसी प्रतिमा खड्का सहित ११ सदस्यीय कार्य समितिको घोषणा गरिएको थियो ।

