दैलेखमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

मातृभूमी संवाददाता । २५ श्रावण दैलेख
दैलेखमा बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको छ । जिल्लाको ठाटीकाँध गाउँपालिका १ मानाकोट स्थित सिम्ली मालुकोट सामुदायिक वनमा बेवारिसे भरुवा बन्दुक फेला परेको हो ।
प्रहरीका अनुसार गएराति प्रहरी चौकी ठाँटीकाँधबाट खटिएको गस्ती टोलीले सामुदायिक वन क्षेत्रमा बेवारिसे अवस्थामा राखिएको एक थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरिक्षक ऋषिकेश गौतम हरिजनले जानकारी दिए ।
गस्तीमा रहेको प्रहरी टोलीले बन्दुक फेला पारेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । फेला परेको भरुवा बन्दुक कसले र किन जंगलमा छाडेको भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
प्रहरीले घटनासँग सम्बन्धित व्यक्ति तथा गतिविधिबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी गौतमले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *