पहिरोले ग्रामीण सडक अवरुद्ध, जीवनयापनमा समस्या
मातृभूमी संवाददाता । ०४ भाद्र दैलेख
वर्षाका कारण पहिरो खस्दा ग्रामिण सडक अवरुद्ध भएका छन् । ग्रामिण सडक अवरुद्ध हुँदा आम नागरिकले सास्ती खेप्नु परेको छ । नौमूले गाउँपालिका १ तोलीदेखि भांघारी हुँदै राइली जोड्ने ग्रामीण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सडकमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध हुँदा दुई/तीन दिनदेखि स्थानीयवासीलाई आवतजावतमा समस्या भएको स्थानीयले वताएका छन् ।
पहिरो खसेर सडक अवरुद्ध हुँदा मानिस समेत सहज रूपमा हिँड्न नसक्ने अवस्था आएको स्थानीयले गणेश बहादुर थापामगरले बताए । उनले सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्री ल्याउन, बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान तथा अन्य कामका लागि आउजाउमा समेत कठिनाई भएको बताए । उनले सडक अवरुद्ध भएपछि बिध्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका, बिरामी तथा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई आउजाउमा कठिनाई भएको वताए ।
गाउँसम्म खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री यही सडक हुँदै लैजानु पर्ने भएकाले थप समस्या अर्का स्थानीय भुपेन्द्र शाहीले वताए । उनले दुई/तीन दिनदेखि सडक अवरुद्ध हुँदा स्थानीयवासीले सास्ती व्यहोर्नु परेको र दैनिक उपभोग्य वस्तुको अभावमा जनजीवन समेत प्रभावित भएको वताए ।
नौमूले गाउँपालिका १ तोलीदेखि राइलीसम्मको सडक खण्डका विभिन्न ठाउँमा पहिरो खसेर सडक अबरुद्ध हुँदा सवारी साधन पूर्ण रूपमा रोकिएको वडाध्यक्ष रुपेश थापामगरले बताए । उनले पहिरोको कारण सडक अवरुद्ध हँुदा बालबालिकालाई विद्यालय जान समस्य भएको, वृद्धवृद्धा तथा सर्वसाधारणलाई आउजाउ गर्न समस्या भएको वताए । वडाध्यक्ष मगरले सिमित वजेट तथा स्रोत साधनका बावजुत पनि पहिरो हटाएर सडक खुलाउने प्रयास भैरहेको वताए

