भगवतीमाई–७ मा खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने

मातृभूमी संवाददाता । १४ असोज दैलेख
दैलेखको भगवतीमाई गाउँपालिका ७ खोरमा वडास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा सहित वडा कार्यालयको आयोजनामा असोज २२ गतेदेखि प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगिता असोज २२ देखि २४ गतेसम्म भैरव माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने भगवतीमाई गाउँपालिका ७ का वडा सचिव अम्बर बहादुर भण्डारीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५५ हजार रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, द्वितीय हुने टोलीलाई ३५ हजार रुपैयाँ तथा तृतीय हुने टोलीलाई २० हजार रुपैयाँ नगद सहित सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने वडा सचिव भण्डारीले बताए ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी टोलीका खेलाडीको खाना तथा बसोबासको व्यवस्था भने स्वयं टोलीले गर्नुपर्नेछ । प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीले पाँच हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने भगवतीमाई गाउँपालिका ७ का वडाध्यक्ष पूर्ण बहादुर थापाले बताए । प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीले असोज २१ गते साँझ ५ बजेसम्म टोली दर्ता गरिसक्नुपर्ने उनले बताए ।
स्थानीयस्तरमा खेलकुदको विकास गर्ने, युवाको सहभागिता बढाउने तथा वडाभित्र रहेका खेल प्रतिभाको पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *